सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, ४ लाख ६७ हजार ४०० आवेदकले पाए १० कित्ता सेयर

बाठमाडौं १, असार । सानिगाढ हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओ सोमबार बाँडफाँट गरिएको छ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पन्न बाँडफाँटअनुसार ४ लाख ६७ हजार ४०० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

कम्पनीको आईपीओमा २७ लाख ५९ हजार ४९० जनाबाट ३ करोड १ लाख ३२ हजार ५०० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। तीमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

सानिगाढ हाइड्रोले जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गरेको थियो।

आईपीओको नतिजा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट, मेरो सेयर तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्