नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित
काठमाडौं ३१ जेष्ठ । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट बेगानीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
नवनिर्वाचित अध्यक्ष बेगानीका अनुसार १५ सदस्यीय कार्यसमिति नै निर्विरोध चयन भएको छ। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, प्रथम उपाध्यक्षमा निभारत्न शाक्य तथा द्वितीय उपाध्यक्षमा सचिन गुप्ता निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी महासचिवमा प्रवीण शाक्य, सचिवमा विकाश जोधानी तथा कोषाध्यक्षमा रविन्द्ररत्न स्थापित निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले रत्न तथा आभूषण व्यवसायको प्रवर्द्धन, व्यवसायीहरूको हित संरक्षण तथा क्षेत्रको विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।





प्रतिक्रिया दिनुहोस्