लिथुवानिया विरुद्ध पोल्यान्डको पराकिलो जीत
एजेन्सी । गए राति खेलिएको मैत्रीपूर्ण खेलमा पोल्यान्डले लिथुवानियालाई ४–० को फराकिलो गोल अन्तरले हराएको छ ।
लेवान्डोस्कीले खेलको १९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै ३२ औं मिनेटमा पोल्यान्डको अग्रता दोब्बर पनि पारे ।
दोस्रो हाफमा डेभिड कोनाकीले गोल गर्दै ३–० ले पछि पारे भने अन्तिममा जाकुब ब्लाजिओस्कीले पेनाल्टीमार्फत गर्दै स्कोर ४–० पारेका थिए ।
विश्वकप समूह ‘एच’मा रहेको पोल्यान्ड कोलम्बिया, सेनेगल र जापानसंग रहेको छ । विश्वकपमा भोलि पहिलो खेल बेलुका आयोजक रुस र साउदी अरेबिया बीच हुने छ ।
प्रतिक्रिया दिनुहोस्