आक्रोशित स्थानीयद्वारा जडिबुटीमा ट्रिपरमाथि आगजनी, चालक महिलाको घटनास्थलमै मृत्यु

काठमाडौं । जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रिपरमाथि आगजनी गरेपछि सडक अबरुद्ध भएको छ ।

प्रहरीका अनुसार बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार दुर्घटनापछि स्थानीयले सडक अबरुद्ध गरेका कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्