फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । माइक्रोफाइनान्सको २६ हजार ८८४ कित्ता सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन रहेको छ । माइक्रोफाइनान्सले जेठ २३ गतेदेखि सर्वसाधारण समूहको सेयर लिलामी खुला गरेको हो । यसमा न्यूनतम १०० रुपैयाँ वा यस भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्न सकिनेछ ।
न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । फर्स्टले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म ५०५ हकप्रद निष्कासन गर्दा नबिकेको सेयर अहिले लिलामीमा ल्याएको हो ।















प्रतिक्रिया दिनुहोस्