दरबार हत्याकाण्ड बारे थप छानबिन गर्ने गृहमन्त्री गुरुङ्गको निर्णय

काठमाडौं, २६ जेष्ठ । नव नियुक्त गृहमन्त्री सुधन गुरूङले दरबार हत्याकाण्ड बारे थप छानबिन गर्ने निर्णय गरेको छ । गृहमन्त्री सुधन गुरूङले मंगलबार कार्यभार सम्हाल्दै यस्तो निर्णय गरेका हुन् ।

गुरूङले गरेको निर्णयमा भनिएको छ, ‘२०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डको सम्बन्धनमा यसअघि भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढाइनेछ ।’ राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि भएको घटना नेपालको इतिहासकै कालो दिन मानिन्छ ।

गुरूङ दोस्रोपल्ट गृह मन्त्री बनेका हुन् । यस निर्णयलाई राष्ट्रवादी शक्ति, संघ/संस्था खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्