बैंकिङ कसुरका १४ मुद्दाका फरार अभियुक्त सीआईबीद्वारा पक्राउ

जेष्ठ २६ काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर तथा चेक अनादारसम्बन्धी १४ वटा मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार बूढानीलकण्ठ नगरपालिका–५ निवासी ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरिएको हो। उनीविरुद्ध बैंकिङ कसुरका १२ र चेक अनादारका २ मुद्दा रहेको जनाइएको छ।

उक्त मुद्दाहरूमा कुल २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ बिगो, ४३ लाख २३ हजार ५४३ रुपैयाँ जरिवाना तथा १ लाख ७२ हजार ९४१ रुपैयाँ क्षतिपूर्ति तोकिएको छ।

यसका साथै मिजारलाई ९० दिन कैद सजाय समेत निर्धारण गरिएको प्रहरीले जनाएको छ।

फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौं जिल्ला अदालतमार्फत कारागार पठाइएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्