प्रभु बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा विशेष छुट
जेष्ठ २६ काठमाडौं । प्रभु बैंक लिमिटेड र भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डवाहकले अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्।
भर्ना भएर उपचार गराउने बिरामीले औषधि तथा उपभोग्य सामग्रीबाहेकका सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। त्यसैगरी, बाह्य उपचार सेवा लिने बिरामीले औषधि र परामर्श शुल्कबाहेकका सेवामा समान छुट पाउने व्यवस्था गरिएको छ।
सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो अस्पतालका डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत दीपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता २८ मे २०२६ देखि लागू भई मे २०२८ सम्म कायम रहने जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्