वरिष्ठ कलाकार भीम बहादुर थापा निधन

काठमाडौं । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा बुधबार बिहान दुई बजेतिर निधन भएको छ ।
आफनै निवासमा उनको निधन भएको पारिवारीक स्रतले जनाएको छ ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिएको छ । आजै दिउँसो पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ ।

थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.स. १९८३ असार १३मा खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।

उनको निधनले कलाकारीता क्षेत्रमा अतुलनीय क्षती पुगेको छ । उनले नेपाली कलाकारीतालाई अमुल्य गुण लगाएर गएका छन् । उनको योगदानलाई कसैले पनि भुल्न सकिंदैन ।

प्रतिक्रिया दिनुहोस्