कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन समुदायलाई २५ थान सेतो छडी वितरण
जेष्ठ , २६ काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परेका समुदायलाई सहयोगस्वरूप २५ थान सेतो छडी वितरण गरेको छ।
सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक आवागमनलाई सहज बनाउन सेतो छडी वितरण गरिएको हो।
कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशिल पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी हस्तान्तरण गरेका थिए। कार्यक्रममा बैंकका अनुपालना विभाग प्रमुख खुमनाथ भुसालको समेत उपस्थिति रहेको थियो।
बैंकले सेतो छडीलाई केवल हिँडडुलको साधन मात्र नभई आत्मनिर्भरता, सुरक्षा र आत्मविश्वासको महत्वपूर्ण आधारका रूपमा लिएको जनाएको छ।
सर्वोदय परियोजनाका प्रतिनिधि सौगात वाग्लेले यस्ता सहयोगले दृष्टिविहीन व्यक्तिहरूको जीवनस्तर सुधार, सामाजिक समावेशीकरण तथा स्वतन्त्र जीवनयापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
बैंकले यस्ता कार्यक्रममार्फत सामाजिक समावेशिता र आत्मनिर्भर समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।




प्रतिक्रिया दिनुहोस्