निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित
जेष्ठ , २६ काठमाडौं । नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन्।
संघको सोमबार सम्पन्न नवौं र दशौं वार्षिक साधारण सभाबाट सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मुल अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन्। उनी यसअघि संघको उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए।
अध्यक्ष पदको कार्यकाल दुई वर्ष रहनेछ।
यसैगरी संघको उपाध्यक्षमा आजाद श्रेष्ठ (युनाइटेड अजोड इन्स्योरेन्स), महासचिवमा महेन्द्रकृष्ण श्रेष्ठ (हिमालयन एभरेष्ट इन्स्योरेन्स) र कोषाध्यक्षमा रमेश कुमार निरौला (नेको इन्स्योरेन्स) चयन भएका छन्।
सदस्यमा कुनाल कयाल (सानिमा जिआईसी इन्स्योरेन्स) र पवन अग्रवाल (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) चयन भएका छन्।
सभाले निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उनलाई कार्यसमितिमा आमन्त्रण गर्ने निर्णय समेत गरेको छ।
निर्जीवन बीमा क्षेत्रमा लामो अनुभव भएका मुल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर (स्वर्णपदकधारी) हुन्। उनी विभिन्न व्यावसायिक तथा आर्थिक संस्थामा समेत सक्रिय रहेका छन्।













प्रतिक्रिया दिनुहोस्