तराईमा प्रचण्ड गर्मीका कारण जनजीवन अस्तव्यस्त, पहाडी क्षेत्रमा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपात
काठमाडौं, २६ जष्ठ । नेपालभर उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको प्रभाव र स्थानीय वायुको प्रभावका कारण नेपालको मौसममा फेरवदल भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको जानकारी दिएको छ।
जसका प्रभावले मंगलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू– भागमा साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्ने महाशाखाले बताएको छ।
यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू–भागका एक –दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराई तथा बेुसीहरुमा अध्याधिक गर्मी हुने छ । प्रचण्ड गर्मीका कारण जनजीवन अस्तव्यस्त हने छ । बाहिर सडकमा निस्कन कठिन ह्ने छ । सबैले सावधानी अपनाउन जरुरी छ ।




प्रतिक्रिया दिनुहोस्