फेरि सात महिना थपियो मेलम्ची ठेक्काको म्याद

काठमाडौं । मेलम्ची ठेकेदारको म्याद सात महिना थपिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौता अनुसार तोकिएको काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्ने बताईरहेको बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ ।

खानेपानी मन्त्रालयले आयोजनाको ठेक्काको म्याद थप्ने मात्र होइन, उसको दाबीअनुसार क्षतिपूर्ति दिने तयारी पनि गरेको छ ।
मेलम्चिको पानी कामाडौंमा राजनीतिक गर्र्ने राजनीनितककर्मीलाई भजाउने भाडो सावित भएको छ । सरकार र विभागीय मन्त्रीगणहरुले कहिले दशैं कहिले नयाँ वर्षमा राजधानीवासीलाई पानी खुवाउने घोषाा गर्न पछि पर्दैनन् । यो योजनाको सुरुवातसंगै एक दर्जन भन्दा सरकार र बिभागिय मन्त्रिहरुले बनि सके । मेलम्चिको पानीमा ती सरकार मन्त्रीहरुले राजधानी बासीहरुलाई सपना बाँड्दै आएका छन् । मेलाम्चि पानी जनता भुलाउने एउटा खेल मात्र भईराखेको छ ।
अझ आश्चर्य जनक कुरो त के छ भने, ठेकेदारवाला कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँको क्षतिपूर्ति साथै ४६० दिन म्याद थप्न माग गर्दै आएको थियो ।
मेलम्चि खानेपानी आयोजनाका ठेकेदारले १ अर्ब ६५ करोड रुपैयाँको क्षतिपूर्तिको दावी साथै ४६० दिन म्याद थप्न माग गरेपछि विवाद सुरु भएपछि यसलाई टुंग्याउन विवाद निरपण समितिको गठन भएको छ । ठेकेदार कम्पनी इटालियन कोअपेरटिभ मुरातोरी एण्ड सिमेन्टिस्ट –सिएमसी) भुकम्प तथा नाका बन्दीका कारण काम गर्न नपाएको र ढिलासुस्ति भएको भन्दै क्षतिपूर्ति माग गरेको हो ।

समयमै काम सम्पन्न नगर्ने कम्पनीहरुलाई कारबाही गर्ने र जेल हाल्ने कुरा व्यक्त गर्र्दै आएको बर्तमान सरकारले यी ठेकेदार कम्पनीलाई कारबाही गर्नुको साटो फेरी म्यनद थप गरेको छ ।
मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालीयन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिेस्टी ९सीएमसी०ले काममा लापरवाहीले गर्दा सरकारकार चुक्दै आएको छ । यसले गर्दा सरकार अप्ठ्यारोमा परेको छ ।

यसरी यस विवादलाई टुंग्याउन र समयमा नै काम सम्पन्न गर्न ‘कुटनीतिक रुपमा इटली सरकारमार्फत निर्माण कम्पनीसँग सहजीकरणका लागि पहल गरिदिन खाने पानी मन्त्री विना मगरले परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीलाई आग्रह गरेको कुरा बाहिर आएको छ ।
खानेपानी मन्त्री विना मगरले केहि समय अघि मात्र मेलम्चि पुगेर कृहि महिना मै पानी खुवाउने कुरा आश्वस्त गराएका थिए ।
मन्त्री मगरेले भनिन्, ‘इटाली सरकारसँग कुटनीतिक सम्वाद गरी निर्माण कम्पनीलाई थप दबाव दिन जरुरी देखिन्छ । नेपालमा इटालीको दूतावास छैन । नयाँदिल्लीस्थित दूतावासबाट इटालीले नेपाललाई हेर्दै आएको छ । त्यसैले नेपालले भारतस्थित दूतावासमार्फत कुटनीतिक पहल गर्नुपर्ने हुन्छ । ’

मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सीएमसी–रेभिनाले खानेपानी मन्त्रालय र आयोजना कार्यालयबाट बारम्बार ताकेतापछि पनि काममा तीब्रता दिएको छैन । मन्त्रालयका सचिव कृष्णराज बीसीले क्षतिपूर्ति दावी गर्नु गलत कुरो भएको औल्याउँदै यो सरासर झूट भएको दावी गरे ।

ठेकेदार कम्पनी सीएमसीले अम्बाथान हेडवक्र्स रहेको स्थानमा भूकम्पले क्षति पुर्याएपछि पहिलेको भन्दा तीन गुणा बढी भाग काटेर फाल्नु परेको तर्कसहित क्षतिपूर्ति दावी गरेको छ । तर, परामर्शदाता कम्पनी इप्टिसाका टिम लिडर थोमस बारबिचले भने ठेकेदारको कामअनुसार थप ८० दिन समय र २८ करोड क्षतिपूर्ति दिए पुग्ने राय दिएका थिए । सोअनुसार नेपाल सरकारले क्षतिपूर्ति र समय थप गरिदिइसकेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्