एनसेल र अल्टिमा लाइफस्टाइलबीच साझेदारी, ग्याजेट खरिदमा ६० प्रतिशतसम्म छुट
जेष्ठ, २४ काठमाडौं । एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको नयाँ साझेदारीसँगै एनसेल ग्राहकहरूले अब विभिन्न ग्याजेट खरिदमा ६० प्रतिशतसम्म छुट पाउने भएका छन्।
सम्झौतामा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले हस्ताक्षर गरेका हुन्।
यो अफर अन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक प्रयोग गरिरहेका प्रिपेड ग्राहक तथा रेन्टल प्लान सक्रिय पोस्टपेड ग्राहकहरू छुट योजनाका लागि योग्य हुनेछन्।
अफरमार्फत ग्राहकहरूले साउन्ड बार, स्पिकर, वायरलेस इयरबड, स्मार्टवाच र पावर बैंकजस्ता ग्याजेटहरूमा विशेष छुट पाउन सक्नेछन्। खरिद गरिएका सामग्रीहरूको डेलिभरी नेपालभर उपलब्ध हुनेछ।
ग्राहकहरूले एनसेल एप मार्फत “पार्टनर्ड सर्भिसेस” सेक्सनमा गई अल्टिमा लाइफस्टाइल छनोट गरेर यो सुविधा उपयोग गर्न सक्नेछन्। मोबाइल नम्बरमार्फत स्वचालित रूपमा योग्यता जाँच हुने र छुटसहितको मूल्य एपमै देखिने व्यवस्था गरिएको छ।
एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ताले यो साझेदारीले ग्राहकको डिजिटल जीवनशैलीलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन्।
कम्पनीका अनुसार योग्य प्याक वा रेन्टल प्लान सक्रिय रहँदासम्म ग्राहकहरूले यो छुट योजना पटक–पटक प्रयोग गर्न सक्नेछन्।





प्रतिक्रिया दिनुहोस्