आइएमईको ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ नारा

काठमाडौं । आइएमई १७ औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देश भित्र करिब २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको जनाएको छ ।

आइएमईले ‘१८औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका साथ यस पटकको वार्षिकोत्सव मनाएको हो ।
१८औँ वर्षसम्म आइपुग्दा आइएमईले रेमिट्यान्सको क्षेत्रमा आर्जन गरेको पर्यायवाची नामलाई कायम राखिराखेको जनाएको छ । आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखि राख्न परम्परागत रेमिट्यान्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधि मैत्री डिजिटल रेमिट्यान्स सेवाको थालनी समेत गरिसकेको छ ।
आम सेवाग्राहीहरूको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यावसायिक समूहमा पर्न सफल भएको छ । रेमिट्यान्स, बैङ्क तथा वित्तीय संस्था, अटोमोबाइल, सूचनाप्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यावसायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको जनाएको छ ।

१८औँँ वर्षसम्मको दौरानमा आइएमईले गौरवमय इतिहास बनाएको छ । यो गौरवमय इतिहास निर्माण गर्ने व्यावसायिक साझेदार एवम् सहकर्मी मित्रहरू, सेवाग्राहीहरू तथा शुभचिन्तक सबैप्रति आइएमई नेतृत्व/व्यवस्थापन हार्दिक आभार समेत प्रकट गरेको छ ।

१८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए ।
आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीप विकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सबैमा विकास होस् भन्ने शुभकामना व्यक्त गरे ।

सोहि अवसरमा रक्तदान कार्यक्रममा ९५जनाले रक्तदान गरेका छन् । कार्यक्रममा १८औँ वार्षिकोत्सवका दिनसम्म दश वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रवन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

त्यस्तै फुट्सल प्रतियोगिताका विजेता तथा उप–विजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाण–पत्रप्रदान गरेको छ ।
आफ्नो स्थापना देखिनैे रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्म पु¥याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५ सय भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्