पोखरामा ओमोडा ई५ प्रो सार्वजनिक, ११ ग्राहकलाई साँचो हस्तान्तरण

जेष्ठ, २४ काठमाडौं । गण्डकी प्रदेशका लागि ओमोडा, जेइको तथा आइकार सवारी साधनहरूको आधिकारिक विक्रेता एलाइट मोटर्स प्रा. लि. ले पोखरामा नयाँ विद्युतीय एसयूभी ओमोडा ई५ प्रो को औपचारिक सार्वजनिकरण गरेको छ।

कार्यक्रमका क्रममा ११ भन्दा बढी नयाँ ग्राहकलाई ओमोडा ई५ प्रो को साँचो हस्तान्तरण गरिएको थियो। कम्पनीका अनुसार यो हस्तान्तरणले नयाँ मोडलप्रति ग्राहकहरूको बढ्दो विश्वास र आकर्षणलाई देखाएको छ।

कार्यक्रममा ग्राहक, व्यवसायी, सञ्चारकर्मी, अटोमोबाइल प्रेमी तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा ओमोडा जेइको ब्रान्डको विस्तार र प्रिमियम विद्युतीय सवारी साधनप्रतिको बढ्दो मागबारे चर्चा गरिएको थियो।

हालसम्म पोखरा र आसपासका क्षेत्रमा ३५० भन्दा बढी ओमोडा ई५, १०० भन्दा बढी जेइको जे६, ५० भन्दा बढी जेइको जे५ तथा ६० भन्दा बढी आइकार सवारी साधन ग्राहकलाई हस्तान्तरण भइसकेको कम्पनीले जनाएको छ।

कार्यक्रममा ओमोडा जेइको नेपालले ग्राहकहरूका लागि वारेन्टी कभरेज ११ वर्षसम्म विस्तार गर्ने घोषणा पनि गरेको छ। कम्पनीले यसलाई दीर्घकालीन विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता भएको बताएको छ।

कार्यक्रममा सहभागी कम्पनी प्रतिनिधिहरूले पोखरामा ब्रान्डले हासिल गरेको सफलता गुणस्तर, नवीनता र ग्राहक–केन्द्रित दृष्टिकोणको परिणाम भएको बताएका छन्।

नयाँ ओमोडा ई५ प्रो को मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले सीमित अवधिका लागि प्रारम्भिक मूल्य ४९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्