आठ महिनापछि बालकको उद्धार

रुकुम । आठ महिनादेखि भारतमा हराइरहेका एक रुकुमेली बालकको आज उद्धार गरिएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं ७ का ११ वर्षीय रवीन परियारको उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिएका छन् ।

आफन्तसँग भागेर भारतको बहराइज पुगेका उनी त्यहाँ एक महिना होटलमा काम गरिरहेका थिए । होटेलमा काम गर्दा साहुले कुटपिट गरेपछि बेपत्ता भई हराएको भन्दै खोजी गरिदिन आफन्तले जिल्ला बाल कल्याण समितिमा निवेदन दिएका थिए ।

रवीनलाई भारतमा रहेको मेहाद संस्थाको सहयोगमा उद्धार गरेर आज आफन्तको जिम्मा लगाइएको बालअधिकार अधिकृत ओलीले बताए । –रासस

प्रतिक्रिया दिनुहोस्