बौद्धमा बौद्ध महोत्सव २०८३ आयोजना, मोहत्सवले बौद्ध क्षेत्रको धार्मिक तथा सांस्कृतिक संरक्षण गर्दै विश्व शान्तिको सन्देश दिने मेयर रिसालको भानाई

काठमाडौं, २३ जेष्ठ । काठमाडौंको बौद्धमा बौद्ध महोत्सव २०८३ आयोजना भएको छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालकिा वडा नं. ६ को आयोजनामा बौद्ध महोत्सव २०८३ शनिबार भव्यताकासाथ उद्घाट भएको हो । सो महोत्सवको उद्घाट गोकर्र्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले गरेका हुन् ।

द्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख रिसालले मोहत्सवले बौद्ध क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै विश्व शान्तिको सन्देश प्रभाव भएको बताए । उनले नयाँ पुस्ता र विदेशी पर्यटकसम्म पुर्याउनु यस महोत्सवको मुख्य उद्देश्य भएको बताए। उनले महोत्सवमा आउने विदेशी पर्यटकहरूले नेपाली संस्कृति, रैथाने स्वाद र सामुदायिक उत्सवको प्रत्यक्ष अनुभव गर्ने छन् जसले स्थानीय परिकार स्वादको पहिचानका लागि विश्व समुदायलाई जोड्ने टेवा पर्याउनुका साथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वाडा नं. ६ का अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक भुवन लामाले महोत्सवले स्थानीय परिकार, विभिन्न स्थानीय उत्पादन, तथा वस्तूहरुको प्रर्वद्धन गरि देश तथा विदेशमा चिनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले आन्तरिक तथा बाहिय पर्यटकहरूलाई प्रत्यक्ष रूपमा नेपाली संस्कृति, मौलिक बाजा, नृत्य, स्थानीय स्वाद र सामुदायिक उत्सवको अनुभव गराउने भएकाले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले हाम्रो संस्कृति, हाम्रो उत्सव भन्ने मुलनाराकासाथ महोत्सव आयोजना गरिएको बताए ।

कार्यक्रमले बौद्ध क्षेत्र मात्रै न देशैभरको विभिन्न मौलिक परिकार, पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता र सामुदायिक एकतालाई जोड्ने गरि साँस्कृतिक कार्यक्रा, झाँकी, र्याली, स्टल राखिएकोउनले जानकारी दिए ।


महोत्सव जेठ २३ गते आज बौद्धको महेन्द्र बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा सञ्चालन भएको छ। महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँकी, स्थानीय कला(हस्तकला र मौलिक खाद्य स्टलहरू मुख्य आकर्षणका रूपमा राखिएका छन् ।

महोत्सवलाई थप रोचक बनाउन नेपालका चर्चित सांगीतिक समूहहरू द एक्स, हर्कुलेस बस्नेत, द रेन्डर, द पासा, रकर्स फुर्बा र द ब्यान्ड का साथै स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहेको छ। सांगीतिक प्रस्तुतिबाहेक महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँकी, स्थानीय कला(हस्तकला र परम्परागत खाद्य स्टलहरू मुख्य आकर्षणका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्