प्रधानसेनापति क्षत्रीद्वारा ‘केन्द्रिय स्तरको पेशागत प्रतियोगिताको निरीक्षण

काठमडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले ‘केन्द्रिय स्तरको पेशागत प्रतियोगिता ०७४/७५’मा सहभागीहरुलाई पाल्पा जिल्लाको रानीमहल ईलाकामा निरीक्षण तथा सम्बोधन गरेका छन् ।

सो अवसरमा उहाँलाई निरीक्षणाधिकृत उपरथी श्री अनुज बहादुर बस्न्यातले स्वागत गरेका थिए ।
नेपाली सेनामा कार्यरत सैनिक व्यक्तिहरुको व्यवसायिक दक्षता अभिबृद्धि गर्ने उद्देश्यले आज पृतना तहमा प्रथम तथा द्वितीय भएका गण र गुल्महरुलाई सहभागी गराई हरेक दुई÷दुई वर्षमा सञ्चालन गरिने उक्त प्रतियोगिता हाल यही जेष्ठ १८ गतेबाट सञ्चालन भईरहेको छ ।

उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथ देव कुमार सुवेदीलगायत अन्य रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री आजै काठमाण्डौ फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्