मुख्यमन्त्री आचार्य : नीति तथा कार्यक्रम युवामुखी छ
जेष्ठ, २२ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम युवामुखी रहेको बताएका छन्।
प्रदेशस्तरीय युवा सम्मेलन २०८३ को उद्घाटनका क्रममा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमले युवावर्गलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी बजेट तथा कार्यक्रम पनि सोही आधारमा तर्जुमा गरिने बताए।
उनले युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाउँदै विकास र परिवर्तनमा युवाको भूमिकालाई निर्णायक भएको बताए।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले युवाको सहभागिता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वबारे धारणा राखेका थिए।




प्रतिक्रिया दिनुहोस्