लुम्बिनी जनरल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले भदौ २८ गतेदेखि ४२ हजार ८१५ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर असोज ६ गतेसम्म बिक्री गर्ने जनाएको छ । लिलामी सेयर न्यूनतम १०० रुपैयाँभन्दा बढी भाउ तोकेर लगानीकर्ताले आवेदन दिनुपर्नेछ । लगानीकर्ताले कम्पनीको बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल डिल्लीबजार, काठमाडौं पुग्ने गरी बोलपत्र फारम बुझाउनुपर्नेछ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म शतप्रतिशत हकप्रद (३९लाख कित्ता) बिक्री खुला गर्दा अवितरित सेयर लिलाम बढाबढमा शिलबन्दी बोलपत्र आह्वान गरेको हो । चालु आर्थिक वर्षभित्र कम्पनीले चुक्ता पूँजी बढाएर एक अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । लिलामीको बोलपत्र असोज ६ गते दिउँसो ४ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।
आफ्नो हकभन्दा बढी सेयर माग गरि दरखास्त दिई बाँडफाँडमा नपरेका सेयरधनीलाई इन्स्योरेन्स कम्पनीले भदौ २५ गतेदेखि सेयर निष्काशन तथा विक्री प्रबन्धकको कार्यालय डिल्लीबजारबाट फिर्ता भुक्तानी गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्