सुर्य नेपाल लगायत उत्कृष्ट पन्ध्र करदाता सम्मानित

काठमाडौं । छैटौँ राष्ट्रिय कर दिवसको अबसरमा सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसी तथा निर्यातकर्ता मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता भर्सेन्ड टेक्नोलोजिज प्रालिका वरिष्ठ वित्त व्यवस्थापक सन्तोष कोइरालालाई सम्मान गरिएको छ ।
त्यस्तै उद्योगहरुमा सबैभन्दा बढी कर दाखिला गर्ने हिमाल पावर लिमिटेड, कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये आयकर तिर्ने करदाता राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड, सहकारी संस्थामध्ये सबैभन्दा बढी कर तिर्ने करदाता राष्ट्रिय सहकारी बैंक र बैंक तथा वित्तीय संस्था तथा लघु वित्तमध्ये हिमालय बैंक लिमिटेडलाई सम्मान गरिएको छ ।
बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवातर्फ त्रियोग उच्च मावि, सूचना प्रविधि सेवातर्फ वल्र्ड कम्युनिकेसन प्रालि, पर्यटन व्यवसायतर्फ टाइगर टप्स प्रालि, व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालिले सबैभन्दा बढी कर तिरेका छन् ।
त्यसैगरी, रु पाँच करोडसम्मको कारोबार भएकामध्ये सबैभन्दा बढी कर तिर्ने साना करदाता डा. उपेन्द्र देवकोटा, रु ४० करोडसम्मको कारोबार भएका मझौला करदातामध्येबाट सबैभन्दा बढी कर तिर्ने गोर्खा डेभलपमेन्ट बैैंक, व्यक्तिगत आयकरमध्ये सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ शम्शेर र समयमै कर बुझाउने पवनकुमार इन्टरनेशनललाई पनि सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्