प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाई, विपक्षी–सत्तारुढ दलबीच सीमा विवादमा टकराव

जेष्ठ, १९ काठमाडौं ।  दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म सुरु हुन सकेको छैन। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्यसहित स्पष्टिकरण मागेका छन्। यदि तथ्यविहीन अभिव्यक्ति भएको ठहर भए प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ।

तर, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसमा तयार नभएको कारण बैठक ढिला भएको हो।

आजको बैठकको कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको जानकारी पढेर सुनाउने छन्। त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्ने कार्यक्रम तय छ।

सभामुखले छलफल सुरु गर्न खोजे पनि विपक्षी–सत्तारुढ दलबीच सीमा विवाद र तथ्यको विषयमा टकरावका कारण बैठक समयमै सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्