काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि ३ सदस्यीय सर्च कमिटी गठन
जेष्ठ, १९ काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति (भीसी) नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटी गठन गरिएको छ।
मंगलबार बसेको विश्वविद्यालयको सभाले शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सर्च कमिटी गठन गर्ने निर्णय गरेको हो।
एक सिनेट सदस्यका अनुसार कमिटीका सदस्यमा केयूका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रहेका छन्।
सर्च कमिटीले अब उपकुलपति छनोटका लागि आवश्यक मापदण्ड तयार गरी प्रक्रिया अघि बढाउनेछ।
अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया सुरु गरिएको हो।




प्रतिक्रिया दिनुहोस्