दरबार हत्याकाण्डको २५ वर्ष पूरा, घटना अझै रहस्यमयी

काठमाडौं, १९ जेष्ठ । आज दरबार हत्यकाण्ड भएको २५ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको २५औं स्मृत सभा वभिन्न कार्यक्रम गरि मनाईदै छ ।

दरबार हत्याकाण्ड २०५८ जेठ १९ मा राजपरिवारका १० सदस्यको हत्या गरिएको घटना थियो । सो घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, निराजन, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानेर हत्या भएको थियो । यसलाई नेपालको इतिहासको कालो दिनको रुपमा लिने गरिन्छ ।

राजा बीरेन्द्र राष्ट्रवादी, शान्ति, विकास र प्रजातन्त्रका पक्षधर थिए भन्ने कुरा इतिहासले नै सावित गरिसको छ । उहाँको नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका थिए । उहाँको प्रतावलाई ११६ राष्ट्रले हस्ताक्षर गरेको र केहि राष्ट्रको विरोधको कारण यसले सार्थकता पाउन सकेन । उहाँको निधनसंगै यस विषयले प्रसय पाएको छैन । उहाँले राष्ट्रलाई दिएको त्याग र योगदानको उच्च मुल्यांकन गरि देशमा शान्ति र अमन चयन राख्नु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ छ । राजा बीरेन्द्रकै शासन कालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । यसबाट राजा बीरेन्द्र जनताप्रति उदार स्वभावका थिए भन्ने प्रमाणीत गर्दछ । देश तथा विदेशमा रहेका प्रत्येक नेपालीले उहाको उहाँको योगदान र त्यागलाई कहिल्य भुल्न सक्दैनन् ।

यस्ता शान्तिवादी राजा बीरेन्द्रको मृत्यु भने रहस्यमय ढंगले भएको थियो । सरल स्वभावका राजा बीरेन्द्र भ्रष्टाचार विरोधी समेत थिए भन्ने कुरा उहाँको बसाई सरल रहन–सहनले प्रमाणित गर्दछ । शिष्टाचारमा विशेष ध्यान दिने, न्यायोचित व्यवहार गर्ने, सबैलाई मीठो बोल्ने अद्भूत गुण भएकाले आज सबै नेपालीको मन मुटुमा उहाँको तस्बीर सजाई राखेको छ । राजा बीरेन्द्रमा जनता सुखी र खुशी भएमात्र राष्ट्र सवल, स्वाभिमानी तथा आत्मनिर्भर रहन्छ भन्ने बुझाई थियो त्यसैले आज सगरमाथा जस्तै उहाँको भावना पनि उच्च र अटल छ । उहाँको योगदान र त्याग आज पनि उत्तिक स्मरणीय छ । यसैकारण आज पनि राजसंस्थाप्रति जनताको आस्था र विश्वास घटेको छैन ।

नारायणहिटी हत्याकाण्डपछि नेपालको राजनीतिक अवस्था जटिल अवस्थातीर गएको छ । राष्ट्रले सक्षम नेतृत्व नपाउँदा संकटमा फस्दै गएकोले स्थायी शान्ति र सद्भाव कायमका लागि राजा बीरेन्द्रको आवश्कता झन खड्किरहेको छ ।

देशमा स्थायी शान्तिको पहल गर्दै राजा बीरेन्द्रको शान्ति क्षेत्र घोषणाको प्र्रस्तावलाई सार्थकता दिंदै उहाँका असल कार्यलाई अनुशरण गर्दै देशमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न आवश्यक छ । यसका लागि सरकार र सरोकारवाला निकायले राजा बीरेन्द्रको सम्पदालाई संरक्षण गर्नुपर्दछ । दरबार हत्याकाण्ठको सथ्य तथ्य छानविन गरि वास्तविकता सार्वजनिक गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्