एनएमबि बैंकको एफपीओ निष्कासन भोलिदेखि

काठमाडौं । एनएमबि बैंकको थप निष्कासन (एफपीओ) भोलीदेखि आउने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी जम्मा ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ प्रमियम मूल्यमा निष्कासन गर्ने भएको हो ।

एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ ।

प्रतिक्रिया दिनुहोस्