प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध काठमाडौंमा मशाल जुलुस
काठमाडौं, १७ जेष्ठ । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिविरुद्ध नेकपा एमालेका युवा तथा विद्यार्थीहरूले काठमाडौंमा मशाल जुलुस प्रदर्शन गएिको छ।
प्रधानमन्त्री बालेन शाहले आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति दिएका थिए ।
नेकपा एमालेले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा आइतबार साँझ मशाल जुलुस निकालेका हुन् ।
उनीहरूले ‘मेयर हुँदा ग्रेटर नेपाल, प्रधानमन्त्री हुँदा लम्पसारवाद, दोहोरो चरित्र बन्द गर’, ‘कुर्सीमा बसेर देशलाई लज्जित पार्न पाइँदेन, राष्ट्रघाती अभिव्यक्ति सहिँदैन’लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री शाहले आईतबार संसदमा बोल्ने क्रममा नेपालको मात्रै नभई भारतको सिमा पनि नेपाललले मिचेको बताएका थिए ।




प्रतिक्रिया दिनुहोस्