डडेल्धुरामा सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता, महाकाली किनारमा ट्युब फेला

जेष्ठ १७, काटठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार उनीहरू शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन्। प्रारम्भिक जानकारीअनुसार दुवै जना मामाभान्जा नाता पर्ने बताइएको छ।

महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेपछि उनीहरू नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ।

बेपत्ता दुवै जनाको खोजीका लागि सुरक्षा निकाय परिचालन गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्