देव विकास बैंकको अवितरित हकप्रद शेयर असार १ देखि लिलामीमा

काठमाडौं । देव विकास बैंकले चैत २६ देखि बैशाख ३० सम्मका लागि १० बराबर ४ अर्थात ४० प्रतिशतका दरले हकप्रद निष्काशन गरेकोमा बिक्रि नभएको अवितरित शेयरहरु असार १ गतेदेखि लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ ।

बैंकले बिक्रि नभएको २० लाख २० हजार ५९ दशमलव ५९ कित्ता शेयर लिलाम गर्न लागेको हो । लिलाममा आउने शेयर मध्ये संस्थापकतर्फको १४ लाख ७९ हजार २ सय ६४ दशमलव ८८ कित्ता रहेको छ भने साधारणतर्फको ५ लाख ४० हजार ७ सय ९४ दशमलव ७१ कित्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्