बजेट अत्यन्तै महत्वाकांक्षी, कार्यान्वयनमा शंका: पूर्वअर्थमन्त्री डा. महत
काठमाडौं, १५ जेष्ठ । प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेट अत्यन्तै महत्वाकांक्षी रहेको बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट संसद्मा बजेट प्रस्तुत गरेलगत्तै उनले राजस्व लक्ष्य र वैदेशिक ऋण प्राप्त गर्ने योजना व्यावहारिक नदेखिएका हुन् ।
‘उनले पहिलो कुरा त यो जुन विनियोजन २१ अर्ब प्लसको आएको छ । त्यसको लागि स्रोत जुट्न सम्भव छैन,’ महतले भने, ‘खर्च त्यति हुन पनि सक्दैन, त्यसको लागि आर्थिक स्रोत जुट्न पनि सक्दैन ।’
बजेटमा कर्मचारीको तलब वृद्धि र केही क्षेत्रगत सुधारका प्रयासहरू सकारात्मक भए पनि खर्च गर्ने क्षमता र स्रोत व्यवस्थापनमा ठूलो चुनौती रहेको उनको तर्क छ । कृषि प्रोत्साहन र सार्वजनिक संस्थानहरूको पुनर्संरचना गर्ने सरकारी नीतिहरू सुन्दा राम्रो लागे पनि तिनको सफल कार्यान्वयनमा शंका रहेको उनले बताए ।
उनले महत्वकांक्षी आम्दानी र खर्चको विवरण पेश गरेको बताए । ‘बजेटले एकदम एम्बिसियस आम्दानी र खर्चको विवरण पेश गरेको छ,’ उनले भने ।
नेता महतले अर्थमन्त्री वाग्लेले महत्त्वाकांक्षी आर्थिक विनियोजन र आम्दानीको ब्योहोरा प्रस्तुत गरेको पनि टिप्पणी गरे ।
१४ खर्बभन्दा माथि राजश्व जुटाउने र बाँकी आन्तरिक ऋण र बाह्य ऋणबाट लिने कुरा व्यवहारिक नभएको पूर्वअर्थमन्त्री महतको भनाइ छ ।
‘यो महत्त्वाकांक्षी आर्थिक विनियोजन र आम्दानीको व्यहोरा उहाँले प्रस्तुत गर्नु भएको छ,’ उनले भने, ‘१४ खर्बभन्दा माथि राजश्व जुटाउने र बाँकी आन्तरिक ऋण र बाह्य ऋणबाट लिने कुरा व्यवहारिक छैन । यो महत्त्वाकांक्षी छ ।’
सरकारले खर्च गर्ने क्षमता जतिसकै ‘इम्प्रुभ’ सुधार गर्छु भने पनि सम्भव नभएको महतले जिकिर गरे ।
‘राजश्व जुटाउन पनि गाह्रो हुन्छ र खर्च गर्ने क्षमता पनि जतिसकै हामी इम्प्रुभ गर्छौं, अब हामी दुईतिहाइको सरकार हो, हामी सक्छौं भने पनि त्यो सम्भव छैन,’ उनले भने ।
खर्च गर्ने क्षमता बारेमा ‘ओभर टार्गेट’ गरेका कारण समग्रमा कार्यान्वयन गर्न कठिन रहेको महतको भनाइ छ ।
उनले बजेटमा कतिपय राम्रा कुराहरू पनि समेटिएको बताए । ‘बजेटमा कतिपय राम्रा कुराहरू पनि समेटिएका छन्,’ महतले भने, ‘जहाँसम्म राम्रो कुराहरू छन्, त्यसमा कर्मचारीको तलब वृद्धि पनि पर्छ ।
तर, पूर्वअर्थमन्त्री महतले विगत केही वर्षदेखि तलब वृद्धि नभएका कारण जुन सुकै सरकार आएको पनि पनि कर्मचारीको तलब बढाउनु पर्ने अवस्था रहेकोसमेत बताए ।
‘जुनसकै सरकार आएको भए पनि कर्मचारीको तलब अहिले बढाउनु पर्ने अवस्था थियो,’ उनले भने, ‘दुईतीन सालदेखि नबढिरहेको अवस्थामा त्यो उपयुक्त भएको छ ।’
महतले कृषि क्षेत्रलाई प्रोत्साहन गरिने विषयलाई सकारात्मक रूपमा लिए । ‘जहाँसम्म कृषिको कुरा छ, यसलाई प्रोत्साहन गर्ने, भन्सार दरमा पनि कम गर्ने कुराहरू गरेको छ,’ उनले भने ।
तर, आन्तरिक व्यवसायलाई प्रोत्साहन गर्न कतिपय उत्पादनहरूमा भन्सार दर वृद्धि गर्नुपर्ने महतले बताए ।
‘हाम्रो आन्तरिक व्यवसायलाई प्रोत्साहन गर्ने हो भने हामीले भन्सार दरलाई कतिपय प्रोडक्टमा बढाउनु पर्ने हुन्छ,’ उनले भने ।




प्रतिक्रिया दिनुहोस्