नारायणगढ—मुग्लिङ सडकमा सात भन्दाबढि स्थानमा पहिरो खसेरपछि सवारी अवरुद्ध

काठमाडौं । सोमबार साँझ परेको वर्षातको कारण नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेरपछि सडक अवरुद्ध भएको छ । अहिले सवारी आवत जावत समस्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी स्थानमा पहिरो खसेको छ ।

राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले तिब्र रुपमा पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्