नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरिने

जेष्ठ १५, काठमाडौं । सरकारले नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । यससँगै नेपाल टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशतमा सीमित रहनेछ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुस मसान्तभित्र बाँकी सेयर जनस्तरमा बिक्री गरिने घोषणा गरेका हुन् ।

सरकारले सार्वजनिक संस्थानमा जनसहभागिता वृद्धि गर्ने तथा पूँजी बजारलाई थप चलायमान बनाउने उद्देश्यले नेपाल टेलिकमको सेयर बिक्री प्रक्रिया अघि बढाउने जनाएको छ ।

सरकारको यो निर्णयले सर्वसाधारणलाई नेपाल टेलिकममा लगानी गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्