तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन, गुणस्तरहीन भेटियो
जेठ, १५ काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित ‘तेज’ ब्रान्डको तोरीको तेल गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागका अनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा सो तेल नेपाल सरकारले तोकेको गुणस्तर मापदण्डअनुसार नभेटिएको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षणपछि सम्बन्धित ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न र बिक्री–वितरण नगर्न आदेश दिइएको विभागले जनाएको छ।
फिर्ता गर्न निर्देशन दिइएको तेल आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्रान्डको हो। उक्त उत्पादनको ब्याच नम्बर २० रहेको, उत्पादन मिति २०८२ फागुन २८ र उपभोग्य अवधि ६ महिना रहेको उल्लेख छ।
विभागका अनुसार सो तेल रुपन्देहीको गुरबानियास्थित सिद्धार्थ आयल इन्डस्ट्रिजले उत्पादन गरेको हो। सम्बन्धित ब्याचका सबै उत्पादन तत्काल बजारबाट हटाउन सरोकारवाला पक्षलाई निर्देशन दिइएको छ।




प्रतिक्रिया दिनुहोस्