देशैभर वर्षाको सम्भावना, काठमाडौंसहित विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने
जेठ १५ ,काठमाडौं । जल तथा मौसम विज्ञान विभाग का मौसमविदहरुले आज देशभर वर्षाको सम्भावना रहेको बताएका छन्। गएरातिदेखि सुरु भएको वर्षा आज दिनभर कायम रहने अनुमान गरिएको छ, जसले केही दिनयताको गर्मीबाट राहत मिलेको छ।
मौसमविद बिनु महर्जन का अनुसार अहिले गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा वर्षा भइरहेको छ। पश्चिमतर्फ सक्रिय रहेको वर्षा प्रणाली क्रमशः पूर्वतिर सरिरहेको र त्यसको प्रभाव काठमाडौं उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशमा पनि पर्ने अनुमान गरिएको छ।
उनले आज दिउँसो देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको बताइन्। “अहिले केही कम भए पनि दिउँसो पुनः वर्षा सक्रिय हुन सक्छ,” उनले भनिन्, “आज राति तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि छ।”
विभागका अनुसार केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
गएराति काठमाडौं उपत्यकामा पनि ठूलो वर्षा भएको थियो। ललितपुरको खुमलटार अटोमेटिक मौसम स्टेसन ले एक घण्टामै ५४.८ मिलिमिटर वर्षा मापन गरेको थियो। बिहानसम्म उक्त क्षेत्रको कुल वर्षा ५५.४ मिलिमिटर पुगेको विभागले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्