विश्वकपले बढायो जर्सिको व्यापार

काठमाडौं । विश्वकप फुटबल नजिकिदै गर्दा बजारमा जर्सिको व्यापार अधिक रुपमा बढेको छ । ब्यापारीहरु जर्सि बेच्न भ्याई नभ्याई छन् । फुटबल प्रेमीहरु आ(आफ्नो टिमको समर्थन सहित जित्ने दावी गरेका छन् ।
यहि बुधबार बेलुकादेखि विश्वकप फुटबल शुरु हुँदै गर्दा फुटबलको रौनक बढ्दै छ । १ महिनाभर चल्ने यस विश्वकप फुटबलमा ३२ राष्ट्रहरु सामेल भएका छन् ।

विश्वकप फुटबलकोे पूर्वसन्ध्यामा काठमाडौमा जर्सी किन्नेको घुईंचो लागेको छ । काठमाडौको सुन्धारा स्थित पि क्युब जर्सी पसलका संचालक प्रेम बहादुर बस्नेत भन्छन, ‘सन् २०१४ मा पनि अर्जेन्टिनाकै जर्सी धेरै बिक्यो, यो सन् २०१८ मा पनि पनि त्यस्तै भयो । अहिले फुर्सद नै छैन ।’ उनलाई भ्याइ–नभ्याइ छ जर्सी बेच्न ।

सञ्चालक बस्नेत बताए पहिलोमा अर्जेन्टिनाकै जर्सी बिक्छ दोस्रोमा क्रमश् ब्राजिल, फ्रान्स र जर्मनका जर्सी बिक्री हुने गरेको बताए । उनले अर्जेन्टिना, ब्राजिल, फ्रान्स लगायतका देशहरुको जर्सी खुद्रा मूल्य रु. ६५० देखी १५०० सम्मका भएको बताए ।

पहिला पहिला क्वार्टर फाइनल हेरेपछि मात्र अनुमान दर्शक तथा समर्थक अनुमान लगाउथे तर आजकल आफूलाई मनपर्ने खेलाडी बिशेषका कारण विश्वकप कस्ले जित्छ भन्ने अनुमान लगाउछन् । अर्जेन्टिनाको मेस्सी, ब्राजिलको नेमार, पोर्चुगलको रोनाल्डो, फ्रान्सको ग्रिज्मन र बेल्जियमका हजार्ड चर्चित फुटबल खेलाडी हुन भने धेरैजसोका ºयान मेस्सी र रोनाल्डो छन् ।

खेलखुद सामाग्री पोशाकका पसलहरु तिब्र गतिले खुल्दै छन् । यसपाली अनलाइनबाट पनि प्रसस्त जर्सी किनबेच भएको बताउ“छन प्रेम बहादुर । जर्सी बेच्नेको प्रतिस्पर्धा नै छ अहिले । चिनबाट मात्रै यसपाली विश्वकपमा अधिराज्यभर १२ करोड रुपै“या भन्दा बढिको जर्सी आयात भएको छ ।

अघिल्लो पटकको विश्वकपमा जर्सी लगाउने प्रायः पुरुष हुन्थे तर यसपाली टिनएजर युवती र महिलाहरु पनि निकै छन् साथै बालबालिकाहरु पनि जर्सिमा सजिएर हिंडेका देखिन्छन । केटाकेटीहरु आफूलाई मनपरेको देसको जर्सी लगाएर सामाजिक सन्जाल इन्स्टाग्राममा पोस्ट गर्दैछन । रङिचङी जर्सिले सजिएर हिंडेका फुटबल प्रेमीहरु बजारमा भेटिदा राजधानीका सडकहरु फुटबल मैदान जस्तो लाग्छ ।

न्यूरोड स्थित जर्सी पसलमा युवायुवतीहरु आफूलाई मन परेको टिमको जर्सि लगाएर एैना हेर्दै मुस्कुराउ“छन् त कोही सेल्फी खिच्दै मक्ख छन् । कपनका श्रीराम थपलियाका ११ बर्षे छोरालाई अर्जेन्टिनाको जर्सी नभै भएन हार्न नसकेर यहाँ आउनु पर्याे, उनी भन्छन, ‘टोलमा साथीहरुले अर्जेन्टिनाको जर्सी लगाएको देखेर मेरो छोरालाई अउडाहा भएर यहाँसम्म आउनु पर्यो जर्सी किन्न ।’

मैतिदेवीकी पूजा गौतम भन्छिन्, ‘अब यसपालीको विश्वकममा अर्जेन्टिनालाई फुल्ली सपोर्ट गर्ने हो जर्सी पनि अर्जेन्टिनाकै लगाइन्छ बालै भएन ।’ भिमसेनगोलाका निरज काºले भन्छन, ‘दाजु यसपाली विश्वकपमा पुरा अर्जेन्टिनाकै सपोर्ट गरिन्छ, पहेलो जर्सी लगाएर कुद्दा त तोरिबारिमा भैंसी कुदेजस्तो लाग्छ त ।’

जर्सी किन्न आउने अर्का ग्राहक अर्जुन बि.क. भन्छन, ‘दाई वल्र्डकप त अर्जेन्टिनाले नै जित्छ ।’ उनलाई मेस्सिको बारेमा नराम्रो भन्दा रिसाउ“छन ।

भक्तपुर चा“गुनारायणका रामेश्वर ढुंगाना ब्राजिलका समर्थक हुन् तर छोरा पोर्चुगललाई समर्थन गर्छन्, उनी भन्छन, ‘आफूलाई ब्राजिल मन पर्छ तर, ब्राजिलको जर्सी लगाएर घर आउदै नआउनु भन्छ छोरो ।’

तस्बिरः मनोरथ नेपाल

प्रतिक्रिया दिनुहोस्