सरकारको विद्यालय बन्द निर्णयप्रति उपत्यका मेयरहरूको आपत्ति: स्थानीय अधिकारमाथि हस्तक्षेप भएको आरोप

 

जेठ १४, काठमाडौं । उपत्यका मेयर्स फोरमले केन्द्र सरकारको आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णयप्रति आपत्ति जनाएको छ। ललितपुरस्थित महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले उक्त निर्णयले स्थानीय तहको अधिकार कुण्ठित गरेको निष्कर्ष निकालेको हो।

फोरमका अनुसार संविधानले स्थानीय सरकारलाई दिएको अधिकार विपरीत केन्द्र सरकारले एकतर्फी रूपमा विद्यालय बन्द गर्ने निर्णय गर्नु उचित नभएको ठहर गरिएको छ। बैठकले यस्तो कदमले संघीय संरचनाको मर्ममा असर पर्ने भन्दै पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्