बराहक्षेत्र नगरपालिका–२ मा जङ्गली हात्तीको छावा मृत फेला

जेठ १४, काठमाडौं । बिसआरडी स्थित गहने खोलामा जङ्गली हात्तीको एक छावा मृत अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी का प्रहरी निरीक्षक हेमराज ओली का अनुसार गए राति जब्दी क्षेत्रबाट बथानसहित जङ्गलतर्फ जाँदै गर्दा उक्त छावा पानीको दलदलमा फसेको थियो। दलदलमा फसेपछि छावाको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्