सिभिल अस्पतालका कार्यकारी निर्देशक डा.मोहनचन्द्र रेग्मीको राजीनामा

जेठ १४, काठमाडौँ । बानेश्वरस्थित सिभिल अस्पतालका कार्यकारी निर्देशक डा। मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन् । उनले मुख्य सचिवसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। रेग्मी २०८१ फागुन २८ गते अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनको कार्यकाल चार वर्षका लागि तय गरिएको थियो ।

राजीनामाबारे प्रतिक्रिया दिँदै डा। रेग्मीले सरकार परिवर्तनपछि बनेको नयाँ राजनीतिक परिस्थितिका कारण पदबाट अलग भएको बताएका छन् ।

‘बदलिएको राजनीतिक घटनाले पदावधि बाँकी छँदै राजीनामा दिएको हुँ,’ उनले भने, ‘सरकारको नीतिलाई सम्मान गर्दै निर्देशक पदबाट अलग भएको छु ।’

डा. रेग्मीको राजीनामासँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. रवि प्रकाश शर्मालाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्