सुनको मूल्यमा ठूलो गिरावट, तोलामा साढे ५ हजार रुपैयाँले घट्यो
जेठ १४, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५०० रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यमा आएको यो गिरावटले बजारमा नयाँ चर्चा सुरु भएको छ ।
त्यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन् ।




प्रतिक्रिया दिनुहोस्