काभा महिला भलिबल च्याम्पियनसिपः सेमिफाइनल खेलहरु आज हुँदै

काठमाडौं, १४ जेष्ठ । काठमाडौं जराी भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनल खेलहरु आज हुँदैछ ।

आज घरेलु टोली नेपालले साविक विजेता इरानको सामना गर्दैछ भने अर्को सेमिफाइनलमा भारतले काजखस्तानसँग खेल्नेछ ।

प्रतियोगतिामा ८ टोली सहभागी च्याम्पियनसिपमा भारत र नेपाल क्रमशः समूह ए को विजेता र उपविजेता तथा इरान र काजखस्तान समूह बी को विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । ।

समूह ए को विजेता भारत र समूह बी को उपविजेता काजखस्तानबीचको पहिलो सेमिफाइनल दिउँसो साढे २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा सुरु हुनेछ । भारतले सन् २०२४ मा काठमाडौं भएको यस च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जितेको थियो । काजखस्तान भने यस च्याम्पियनसिप खेल्ने मध्ये सबैभन्दा माथि वरियतामा रहेको टिम हो ।

समूह ए मा भारतले ३ वटै खेल जितेर अपराजित रहेको थियो भने काजखस्तानले समूह बी मा दुई खेल जित्दा एक खेलमा पराजित भएको थियो ।

समूह बी को विजेता इरान र समूह ए को उपविजेता नेपालबीच साँझ ५ बजे कभर्डहलमै दोस्रो सेमिफाइनल हुनेछ । इरानले समूह बी मा खेलेको तीनवटै खेल जितेको थियो । जहाँ इरानले विपक्षी विरुद्ध सबै खेल सोझो सेटमा जितेको थियो ।

यसअघि सन् २०२४ मा काठमाडौंमा भएको प्रतियोगितामा इरान र नपालबीच दुई खेल हुँदा दुवैले एक–एक खेल जितेका थिए ।

यता नेपालले समूहए मा दुई खेल जित्दा भारतसँगको खेलमा भने पराजित भएको थियो । सेमिफाइनलका दुई विजेताबीच शुक्रबार फाइनल खेल हुनेछ । यस च्याम्पियनसिपको विजेता एसियन कपम छनोट हुने नपाल भलिबल संघले जनाएको छ । यसले नृपालको खेल जगतलाई रोमाञ्चक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्