लागुऔषध मुद्दाका फरार प्रतिवादी सञ्जिव महर्जन पक्राउ
जेठ १३ काठमाडौं ;काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले लागुऔषध मुद्दामा हिरासतबाट फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं बाट फरार भएका ४० वर्षीय सञ्जिव महर्जनलाई बुधबार काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महर्जन लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेका बेला फरार भएका थिए। फरार भएपछि उनी काठमाडौंका विभिन्न क्षेत्रमा लुकिछिपी बस्दै आएको आरोप प्रहरीले लगाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्की ले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउपछि महर्जनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्