बजेट अघि लगनिकर्तामा उत्साह, नेप्से २७८२ विन्दुमा

जेठ १३ काठमाडौं ; आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट सार्वजनिक हुनुअघि सेयर बजारमा लगानीकर्ताको उत्साह बढ्न थालेको देखिएको छ। नेप्से परिसूचकमा सामान्य उतारचढाव कायम रहे पनि कारोबार रकममा उल्लेखनीय सुधार आएको छ।

बुधबार एक महिनापछि दैनिक कारोबार रकम ६ अर्ब रुपैयाँ नाघेको हो। यसअघि वैशाख १५ गते ६ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसयता कुनै पनि दिन कारोबार रकम ६ अर्ब रुपैयाँ पार गर्न सकेको थिएन। बुधबार भने कुल ६ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन नेप्से परिसूचक ४।९९ अंकले बढेर २७८२ विन्दुमा पुगेको छ। कारोबारमा सहभागी कम्पनीमध्ये १५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ कम्पनीको मूल्य घटेको छ।

समूहगत परिसूचकतर्फ अधिकांश क्षेत्रमा सुधार देखिए पनि वित्त कम्पनी, होटल, उत्पादन तथा अन्य समूहका परिसूचक भने घटेका छन्।

बजारमा कालिन्चोक हाइड्रोपावर र बुंगल हाइड्रोपावरका लगानीकर्ताले उच्च नाफा कमाएका छन्। कालिन्चोक हाइड्रोको सेयर मूल्य १४।९८ प्रतिशतले बढेर ३७६ रुपैयाँ ८० पैसामा पुगेको छ भने बुंगल हाइड्रोको मूल्य १४।८८ प्रतिशतले बढेर ८४१ रुपैयाँ पुगेको छ।

यता, सानिमा बैंक ऋणपत्र २०८९ को मूल्य सबैभन्दा धेरै घटेको छ। उक्त ऋणपत्रको मूल्य ६।६४ प्रतिशतले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा भने आँखुखोला जलविद्युत् अग्रस्थानमा रहेको छ। कम्पनीको ७१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। बजार बन्द हुँदा यसको सेयर मूल्य ४४० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्