जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक, सरकारलाई कारबाही र सुधार सिफारिस
जेठ १३ काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदनका केही निर्णय र सिफारिस सार्वजनिक गरेको छ।
आयोगले आन्दोलनका घटनाबारे छुट्टै अध्ययन तथा अनुसन्धान समिति गठन गरी विस्तृत प्रतिवेदन तयार पारेको थियो। सो प्रतिवेदनमाथि आयोगको बैठकले निर्णय गर्दै सरकारलाई आवश्यक कारबाही तथा सुधारका लागि सिफारिस पठाएको हो।
आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार, २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाबारे गरिएको अनुसन्धान प्रतिवेदन २०८३/२/१२ गतेको आयोग बैठकमा पेश गरिएको थियो।
प्रतिवेदनमाथि छलफलपछि आयोगले सम्बन्धित निकायलाई आवश्यक कार्यान्वयनका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ।
आयोगले सार्वजनिक गरेको कारबाही सिफारिस खण्डमा आन्दोलनका क्रममा भएका घटनामा जिम्मेवार पक्ष पहिचान गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाउनुपर्ने सुझाव समावेश गरिएको छ।
मानव अधिकार आयोगले यस्ता घटनाको पुनरावृत्ति रोक्न नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको पनि जोड दिएको छ।




प्रतिक्रिया दिनुहोस्