सिभिल बैंकको बचत र मुद्दती दुबैमा सर्वाधिक ब्याज योजना

काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज पाइने बचत खाता योजना “चन्द्रसूर्य बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा सर्वाधिक १०% वार्षिक ब्याजदर प्रदान गर्नेछ ।

न्यूनतम मौज्दात रु.१०,०००/-रहेको बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस.बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छुट तथा रु.पाँच लाखसम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमा हुनुकासाथै ग्राहकहरुलाई ग्राहकहरु कै घरदैलोमा गई सेवा प्रदान गरिने कुरा बैंकले जनाएको छ ।

त्यसैगरी आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२% वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ, जसमा न्यूनतम मौज्दात रु. तीन लाख रहेको छ ।

सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्