संसद् सञ्चालनतर्फ सहमतिको संकेत, प्रधानमन्त्री उपस्थितिको मिति चाँडै तय हुने
काठमाडौं — डोलप्रसाद अर्याल ले प्रधानमन्त्री बालेन शाह लाई संसद् उपस्थित गराउन रुलिङ गर्न अस्वीकार गरेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखको रुलिङ माग गर्दै लगातार अवरोध गरिरहेका बेला सभामुख अर्यालले “प्रधानमन्त्री आउने मिति तय हुने बित्तिकै माननीय सदस्यहरूलाई जानकारी गराइने” बताएका हुन्।
विपक्षी दलहरूको नाराबाजी र अवरोधबीच पनि खडकराज पौडेल ले प्रतिनिधिसभामा पर्यटन विधेयक २०८२ प्रस्तुत गरेका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सरकारको जवाफदेहिता माथि प्रश्न उठाउँदै संसद् अवरुद्ध गरिरहेका छन्।
सभामुखको निर्णयपछि सदनमा थप तनाव देखिएको छ भने विपक्षी दलहरूले आफ्नो विरोध जारी राख्ने संकेत दिएका छन्।




प्रतिक्रिया दिनुहोस्