यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २ जेठ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । युके पाउण्ड, स्वीस फ्रैन्क, अष्ट्रेलियन डलर, स्वीडिस क्रोनर र थाई भाटको मूल्य भने बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा थियो ।
यसैगरी, आज युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा छ । हिजो युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७८ रुपैयाँ रहेको थियो ।
आज युके पाउण्ड स्टर्लिङ एक पैसाको दरले बढेको छ । आज पाउण्ड एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ । हिजो पाउण्ड एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४ पैसा निर्धारण गरिएको थियो ।
आज स्वीस फ्रैन्कको मूल्य पनि आज बढेको छ । आज स्वीस फ्रैन्क एकको खरिददर १९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४१ पैसा छ । हिजो स्वीस फ्रैन्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा थियो ।
आज अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ २७ पैसा थियो ।
क्यानेडियन र सिंगापुर डलरको भाउ घट्यो
क्यानेडियन डलरको मूल्य भने आज घटेको छ । केन्द्रीय बैंकका अनुसार आज क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७६ पैसा र बिक्रीदर १११ रुपैयाँ १९ पैसा थियो ।
सिंगापुर डलरको भाउ पनि आज घटेको छ । आज सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा छ । हिजो सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८१ पैसा थियो ।
जापानी येन, चिनिया युआन, साउदी रियाल र कतारी रियालको भाउ पनि घट्यो
आज जापानी येनको भाउ घटेको छ । आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा छ । हिजो जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा थियो ।
आज चिनियाँ युआनको भाउ पनि घटेको छ । आज चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा छ । हिजो चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा थियो ।
साउदी अरेबियन रियालको भाउ पनि आज घटेको छ । आज साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर ४० रुपैयाँ ६९ पैसा तोकिएको छ । हिजो साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा तोकिएको थियो ।
आज कतारी रियालको भाउ पनि आज घटेको छ । आज कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा कायम छ । हिजो कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा कायम गरिएको थियो ।
थाई भाटको भाउ बढ्यो, युएई दिराम र मलेसियन रिङ्गेटको घट्यो
आज थाई भाटको भाउ एक पैसाले बढेको छ । आज थाई भाट एकको खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० पैसा छ । हिजो थाई भाट एकको खरिददर ४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४ रुपैयाँ ६९ पैसा थियो ।
युएई दिरामको भाउ आज घटेको छ । आज युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४० पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । हिजो युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको थियो ।
आज मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा छ । हिजो मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६६ पैसा थियो ।
आज दक्षिण कोरियाली वनको भाउ पनि घटेको छ । आज दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ४ पैसा र बिक्रीदर १० रुपैयाँ ८ पैसा छ । हिजो दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा थियो ।
आज स्वीडिस क्रोनरको भाउ भने बढेको छ । आज स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा तोकिएको छ । हिजो स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६ रुपैयाँ ३७ पैसा तोकिएको थियो ।
आज डेनिस क्रोनरको भाउ एक पैसाले घटेको छ । आज डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७० पैसा र बिक्रीदर २३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । हिजो डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७१ पैसा र बिक्रीदर २३ रुपैयाँ ८० पैसा कायम गरिएको थियो ।
आज हङकङ् डलरको भाउ घटेको छ । आज हङकङ् डलर एकको खरिददर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा छ । हिजो हङकङ् डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा थियो ।
कुवेती दिनारको भाउ पनि आज घटेको छ । आज कुवेती दिनार एकको खरिददर ४९५रुपैयाँ ८६ पैसा तथा बिक्रीदर ४९७ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । हिजो कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ८ पैसा तथा बिक्रीदर ५०० रुपैयाँ ३ पैसा निर्धारण गरिएको थियो ।
बहराइन दिनारको भाउ पनि आज घटेको छ । आज बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ । हिजो बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ २८ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८७ पैसा कायम गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार आज ओमानी रियालको भाउ पनि घटेको छ । आज ओमानी रियाल एकको खरिददर ३९५ रुपैयाँ १ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ५७ पैसा छ । हिजो ओमानी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९८ रुपैयाँ ४६ पैसा तोकिएको थियो ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्