माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा

काठमाडौं । माछापुच्छे बैंकको प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सुमन शर्माले सम्हालेका छन् ।
२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्मालाई बैंकको वोर्डले सोमबारदेखि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी दिएको हो ।
नेपाल एस.वि.आई.बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका शर्मा सो पश्चात एन.एम.बि. बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।
माछापुच्छ्रे बैंकमा नै फर्केर शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवार पूर्वक कार्य सम्पादन गर्दै आएका थिए ।
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गर्नुु भएका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिनुु हुुन्छ । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर उतिर्णा भएका शर्माले भौतिक शास्त्र र अर्थ शास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।
शर्मा महेन्द्र विद्या भुषण (२०५४), महेन्द्र विद्या भुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भईसेका छन् ।















प्रतिक्रिया दिनुहोस्