सरकारी अस्पतालाई गुणस्तरीय बनाउछु : स्वास्थ्य मन्त्री यादव
काठमाडौं । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारी अस्पतालले दिने सेवा सुविधालाई सुधार गर्ने बताएका छन् ।
मन्त्री यादवलाई बधाई दिन मन्त्रालय पुगेको स्वास्थ्य पत्रकारहरूको साझा संगठन स्वास्थ्य पत्रकार मञ्च नेपालको टोलीसँग अन्तक्रिया गर्दै मन्त्री यादवले सबैखालका जनताको पहुँचमा स्वास्थ्य सेवा दिने सरकारी अस्पतालको गुणस्तर सुधार गरिएने बताए ।
उनले भने, म यहाँभित्रका गतिविधि बुझ्ने क्रममै छु, तर मेरो पहिलो उद्देश्य भनेको सरकारी अस्पतालको सेवा सुधार र सबै नागरिकमा गुणस्तरीय आकस्मिक स्वास्थ्य सेवा र्पुयाउने नै मुख्य उद्देश्य हुनेछ।ु यस्तै, मन्त्री यादवले चिकित्सकहरूलाई दबाब नदिइकन इच्छाशक्ति जगाएर काम गराउने आफ्नो लक्ष्य रहेको समेत बताए ।
यस्तै, मन्त्री यादवले हाल चुस्त स्वास्थ्य सेवाका लागि औषधिको उपलब्धता र अस्पतालको सेवा गुणस्तरीय हुन जरुरी रहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रीत रहेको बताए । गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको नैसर्गिक अधिकार हो भन्दै त्यसमा राज्यले गरेका र गर्नुपर्ने प्रतिबद्धताहरुलाई कार्यान्वनय गर्ने दिशामा मन्त्रालय अघि बढेको बताए ।
उनले स्वास्थ्य क्षेत्र सुधारका लागि सञ्चारकर्मीहरूको ठूलो महत्व रहने भन्दै स्वस्थ समाज निर्माणका लागि हातेमालो गर्न आफू तयार रहेको समेत बताए ।
यस्तै, मन्त्री यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका विभाग एवं संरचनाबाट भएका कामकारबाहीको एकीकृत सूचना प्रवाह गर्न मन्त्रालयमा छुट्टै स्वास्थ्य सूचना डेस्कको स्थापना गरिनेसमेत जानकारी दिए ।
कार्यक्रममा मञ्चका अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य पत्रकारहरूले स्वास्थ्य क्षेत्रमा र्पुयाएको सहयोगबारे चर्चा गरेकी थिइन् ।















प्रतिक्रिया दिनुहोस्