कक्रोच जनता पार्टी वेबसाइट बन्द, ‘वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज’

काठमाडौं, ९ जेष्ठ। भारतमा निकै चमात्कार तरिकाले फैलिएको कक्रोच जनता पार्टी (सीजेपी) वेबसाइट बन्द गरिएको जानकारी प्राप्त भएको छ ।

अभिजीत दीपकेले शनिबार आफ्नो एक्स ह्यान्डलमा लेख्दै ‘सरकारले हाम्रो लोकप्रिय वेबसाइट बन्द गरिदिएको जानरी दिएका हुन् ।

एक्स ह्यान्डलमा उनले भनेका छन्, ‘हाम्रो वेबसाइटमा १० लाख कक्रोच सदस्य बनेका थिए। ६ लाख कक्रोचले धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको निवेदनमा हस्ताक्षर पनि गरेका थिए,’ उनले उल्लेख गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘सरकार कक्रोचसँग यति धेरै किन डराएको छ? तर यो तानाशाही रवैयाले भारतका युवाहरूको आँखा खोलिरहेको छ। हाम्रो यति मात्रै अपराध हो कि हामी आफ्नो लागि राम्रो भविष्यको माग गरिरहेका थियौँ। तर हामीलाई यति सजिलै सिध्याउन सकिँदैन। हामी अहिले एउटा नयाँ घर बनाइरहेका छौँ। कक्रोच कहिल्यै मर्दैनन्।’

यसअघि अभिजीत दीपकेले सीजेपीको इन्स्टाग्राम पेज ह्याक भएको र एक्स अकाउन्टमा पनि ब्लक गरिएको बताएका थिए। यसले भारतभर प्रभाव परेको छ ।
सीजेपीलाई इन्स्टाग्राममा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई भन्दा दोब्बर धेरैले फलो गरेका छन् । शुक्रबारसम्म सीजेपीलाई करिब २ करोड ९ लाखले फलो गरेका छन् । भाजपाको एकाउन्टमा भने ८८ लाख फलोअर छन् । कक्रोच जनता पार्टीका नाममा वेबसाइट खोलिएको ६ दिन मात्र भएको छ ।

वेबसाइटमा दिइएको जानकारीअनुसार ७२ घण्टामै पार्टीका १ लाखभन्दा बढीले सदस्यता लिएका छन् । त्यस्तै दुई जना लोकसभा सदस्य पनि पार्टीको बोर्डमा रहेको जानकारी दिइएको छ । तृणमूल कांग्रेसका सांसदद्वय महुआ मोइत्रा र कीर्ति आजादले पार्टीलाई समर्थन गरेको बताएका थिए । सीजेपीको वेबसाइटमा पनि सांसदद्वयले सीजेपीको सदस्यता सार्वजनिक रूपमै स्वीकार गरेको उल्लेख छ ।

महुआ मोइत्राले सीजेपीको पोस्ट सेयर गर्दै उनी पनि ‘एन्टी–नेसनल पार्टी’ को सदस्य बन्न चाहेको बताएकी थिइन् । साथै कीर्ति आजादले पनि पार्टीमा सहभागी हुन के–के योग्यता चाहिन्छ भनेर सोधेका थिए । यसमा सीजेपीले पनि जवाफ दिएको छ कि, ‘१९८३ को विश्वकप जित्नु नै काफी छ ।’

भारतले १९८३ को विश्वकप जित्दा कपिलदेवको कप्तानीमा कीर्ति आजाद पनि टिम सदस्य थिए ।

यतिबेला भारतमा ‘मैं भी ककरोच’ अर्थात् ‘म पनि कक्रोच’ अभियान चलाइएको छ । सीजेपीले आफूलाई अल्छी र बेरोजगारहरूको आवाजका रूपमा प्रस्तुत गरेको छ । भारतीय प्रधानन्यायाधीश सूर्यकान्तले युवाहरूलाई अल्छी र कक्रोच भनेपछि प्रतीकात्मक रूपमा अभियानको नाम राखिएको हो ।

सीजेपीले यसलाई युवाका लागि युवाद्वारा बनाइएको युवाको राजनीतिक मञ्चका रूपमा दाबी गरेको छ । केही दिनमा यस अभियानमा लाखौं युवा जोडिएका छन् । पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढिरहेका ३० वर्षीय विद्यार्थी अभिजित दिपके हुन् । उनी सन् २०२० देखि २०२३ सम्म आम आदमी पार्टी ९आप० को सोसल मिडिया टिममा स्वयंसेवीका रूपमा कार्यरत थिए । सीजेपीले आफूलाई ‘वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज’ भएको दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्