फएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान भारी मतकासाथ विजयी

काठमाडौं, ९ जेष्ठ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को हालै सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान भारी मतका साथ विजयी भएका छन् ।

मतगणनाको अन्तिम नतिजाअनुसार वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत प्राप्त गरे ।

कोषाध्यक्षमा प्रधानले ६१ मत प्राप्त गरी जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्